पोखराका जोकरहरू !






-राजु आचार्य

नेवार समुदायको ताया:मचा नाचमा जोकरको छुट्टै महत्त्व हुन्छ।  यिनले दर्शकलाई मनोरञ्जन त दिन्छन् नै, सँगसँगै मारुनीहरूलाई नाच्न प्रेरित पनि गर्छन्। नेवा खल कास्कीको आह्वान तथा महेन्द्र पुल तायमचा समितिले आयोजना गरिएको गाईजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिताको क्रममा थुप्रै भेषभुषामा सजिएका जोकरहरूले रमाइलो गरेका थिए।

आफ्नो युवा अवस्थामा जोकर बनेर मनोरञ्जन दिएका पोखरा -१३ का  ८० वर्षीय पशुपति आचार्य भन्छन् ‘पहिला पहिला घरमा भएका थोत्रा कपडाहरू प्रयोग गरिन्थ्यो। बोरा प्रयोग गरिन्थ्यो ।   समसामयिक विषयमा व्यङ्ग्य गरिन्थ्योl मानिसले त्यो बेला रमाइलो हिसाबले हेर्थे। अहिले मानिसले केवल मेकअपले मात्र हँसाउन खोज्छन्’।

पोखरा-१३ गौंडाकोमुख स्थित श्री बाल गोपाल सेवा समितिका सदस्य कल्याण ढेवाजु भन्छन् ‘पहिला मानिसहरू रिसाउने गर्थेंनन् तर आज भोलि व्यङ्ग्य गर्दा अलि रिसाउन थालेका छन्  उनले थपे ‘सजाउने सामाग्रीहरूको कारणले जोकर बनाउन सहज भने भएको छ’।

जेसुकै भए पनि गाईजात्रामा जोकरहरूको विशिष्ट महत्त्व छ । पोखराका केही जोकरहरूलाई फोटोमा हेरौँ । 












Comments

Popular posts from this blog

आहा ! क्या राम्रो सिक्लेस गाउँ !!

चरा प्रेमीहरूको कुम्भ मेला पोखरामा शुरु !

घुम्नै पर्ने जालपा गाउँ !