Posts

Showing posts from March, 2016

संजु बाबा उर्फ सन्जय दत्तका अनौठा बानीहरु !

Image
संजु बाबा उर्फ सन्जय दत्तका अनौठा बानीहरु ! -     राजु आचार्य - ५ ६  वर्षीय सञ्जय  दत्तले जति भूमिका चलचित्रमा निभायका छन् त्यो भन्दा बढी उनको वास्तविक जीवनमा घटेको छ । उनी बलिवूडमा सबै भन्दा बिबादस्पद कलाकार समेत मानिन्छन् । उनका जीवनका उथलपुथल सामान्य मानिसलाई सहन पनि हम्मे हम्मे पर्छ । सन् १९८१ बाट रोकी चलचित्रबाट बलिबुड  छिरेका  दत्तले नाम, सडक, साजन, खलनायक, मुन्नाभाई एम बिबियस, लगे रहो मुन्नाभाई, अग्निपथ, वास्तव लगायत १०० भन्दा बढी चलचित्रमा अमिट छाप छोडेका छन् । भर्खर जेलबाट निस्किएका दत्त अहिले चर्चाको शिखरमा छन् । सुनिल दत्त र नर्गीसका यी छोराका केही नौला जानकारीहरू जुन तपाइलाई थाहा नहुन सक्छ । १.      सन् १९८१ मा आमा नर्गीसको मृत्यु आसपास उनी लागू औषधी प्रयोग गर्न थालेका थिए । आमाको मृत्युले गर्दा लागू औषधी लिन थालेको वा लागू औषधी प्रयोगको कारणले उनकी आमाको मृत्यु भएको भन्ने बारेमा परस्पर विरोधी बिचारहरू आएका छन्  । सो अवधिमा ५ महिना जेल बसेका थिए । २.      सन् १९७२ मा बालकलाकारको रूपमा ‘रेसमा और शेरा’  मा पहिलो पटक देखा परेका थिए । ३.      पहिलो श्रीमती ऋचा श