Posts

Showing posts from 2013

Memory of Humla

Image
हुम्लाका सम्झनाहरु Memory of Humla हिल्साबाट हाल्जी पुग्ने लक्ष्य थियो । लगातार हिढ्दा पनि हामीलाई १२ घण्टा लाग्थ्यो । ढिलो हिँडाइ त्यैमाथि बाटामा पुतली र चराहरुले झन भुलाई दिए हामीलाई । हाम ी चार जना वेलुकि ५ वजेतिर नाम्का पासदेखि मुनीको गुफामा पुग्यौँ । अगाढि बढ्ने सम्ंभावना रहेन । भरियाहरु सबै सामान लिएर केहि दिन अगाढि नै हिँडीसकेका थिए । साथमा २ वटा चाउचाउ मात्र बाँकि थियो । भोलिको बाटो पनि बाँकि नै थियो । “भोली के हुन्छ थाहा छैन, आज त बाँच्नै पर्यो नी दाई” भन्दै यादव र विधान दाउराका झिँझाहरु खोज्न लागे । हामीसँग पकाउने भाँडा भने थिएन तर मेरो दिमागमा एउटा उपाय आयो र म फालिएका जुस अथवा वियरका क्यानहरु भेटिन्छ कि भनेर यताउती खोज्न थालें । एक घण्टाको अवधिमा बल्लतल्ल चार वटा पुराना क्यानहरु भेटियो । त्यतिनै समयमा उनिहरु पनि फर्के । सानो चक्कुले क्यान खोलेर चाउचाउ भरियो । नजिकै पानी पनि भेटियो । वन लसुनका पातहरु पनि हालियो । क्यान पातलो भएकोले पाक्यो होला भनेर छिट्टै निकालियो तर पाकेको रहेनछ् । आधा काँचो आधा पाकेको चाइनिज चाउचाउ खाएर त्यो रात गुफामा बिताइयो । Mem