Posts

हिमाल, हिउँ र गुराँससँग लुकामारी (फोटो फिचर)

Image
कास्की  : २ देखि ३  दिनमै  हिउँ खेल्दै , हिमाल हेर्दै , गुराँससङ सेल्फी खिच्न सकिने गन्तव्यको पहिचान गरी प्रवर्द्धनको लागि स्थानीयहरू कस्सिएका छन् । कास्की जिल्लाको मादी गाउँपालिकाको ताङतिङ गाउँबाट   सुरु भएर क्रपू , चोरो हुँदै   गाउँमा फर्कन मिल्ने सो गन्तव्य आन्तरिक पर्यटकको लागि उत्कृष्ट रहेको छ । कास्की जिल्लाको मादी गाउँपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष एकाजङ गुरुङले यो क्षेत्र बाह्रै महिना आन्तरिक तथा बाहिरी पर्यटकका लागि उत्कृष्ट रहेको बताए ।  उनले थपे ‘ यो ठाउँ यो क्षेत्रकै उत्कृष्ट भन्दा हुन्छ । छोटो समयमा सबै खालको अनुभव बटुल्न सकिन्छ’ ।     सो गन्तव्यको पहिचान र प्रवर्धनमा लागि रहेका  पर्यटन अभियन्ता प्रकाश गुरुङले भने   ‘कहिले हिउँ , कहिले हिमाल , कहिले लालीगुराँस , कहिले बुकिनी फुलहरूले यो क्षेत्रमा मानिसहरूलाई बोलाई रहन्छ । ‘ उनले थपे ‘ हामी यो क्षेत्र लाई पर्यटकीय गन्तव्य बनाउन् सकेको गरी रहेका छौँ’ ।     पोखराबाट १.५ देखि ३ घण्टामा बस , जिप , २ पाङ्ग्रे गाडीमा ताङतिङ गाउँमा पुग्न सकिन्छ ।   यो गाउँ पोखरादेखि २७ किमी टाढा र समुन्द्र सतहबाट १६८५ मिटरको उच

लकडाउनमा जोखिम मोल्दै पोखरेली सर्प संरक्षणकर्मी! के पाउँछन् र उद्धार गर्छन् यिनले?

लकडाउनमा जोखिम मोल्दै पोखरेली सर्प संरक्षणकर्मी! के पाउँछन् र उद्धार गर्छन् यिनले? : राजु आचार्य - गत वर्ष उद्धार गर्ने क्रममा सेती नागले  फालेको  विष रोहित गिरीको आँखामा पर्‍यो। उनीसँग सुरक्षा उपकरणहरू केही पनि थिएन। यस्तो बेला सर्प समाउने हर्पो स्टिक, पन्जा, चस्मा, सर्प राख्ने कटनको बलियो झोला आदि चाहिन्थ्यो। मोबाइलमा मानिसले छिटो आउन अनुरोध गरेका थिए। उनी बाहिर थिए। त्यतैबाट उद्धार

के वन्यजन्तुको मासु खाँदा कोरोना भाइरसबाट संक्रमित भइन्छ?

के वन्यजन्तुको मासु खाँदा कोरोना भाइरसबाट संक्रमित भइन्छ? : राजु आचार्य - घटना १ ६ वर्ष अघि यादव घिमिरे र म धादिङ जिल्लाको लापा हुँदै गोरखा जिल्लाको आरुघाट जादैं थियौँ। उक्त क्षेत्रमा वन्यजन्तु सिकार धेरै हुँदो रहेछl नेपालमा सर्प, मुसा, बिरालो , रतुवा, बाँदरलगायत सबैको मासु खाने कुरा सुन्दा अचम्म लागेको थियोl वनमा बन्दुक पड्किनु, पासो बोकेका मानिसहरू

खोटाङको जालपा गाउँको अघोषित नियमः जसले सिकाउन सक्छ राष्ट्रिय राजनीतिलाई नमूना पाठ :: Pahilopost.com

खोटाङको जालपा गाउँको अघोषित नियमः जसले सिकाउन सक्छ राष्ट्रिय राजनीतिलाई नमूना पाठ :: Pahilopost.com : राजु आचार्य- विकास राईले नेपालबाट समाजशास्त्रमा स्नातकोत्तर तथा अमेरिकाको कर्नेल विश्वविद्यालयबाट हुबर्ट हमफ्री फेलोसिप प्राप्त गरेका छन्। गत स्थानीय चुनावमा उम्मेद्वार लागि अनुरोध गर्दा सुरुमा उनी अलमल्ल परे। जीवनको लामो कालखण्ड सामाजिक अभियन्ताको रूपमा परिचय बनाएका राईलाई राजनीतिमा प्रवेश गर्ने निम्तो अनपेक्षित थियो। व्यक्तिगत मतले मात्रै पनि विजय हुने

पोखराका जोकरहरू !

Image
-राजु आचार्य नेवार समुदायको ताया:मचा नाचमा जोकरको छुट्टै महत्त्व हुन्छ।   यिनले दर्शकलाई मनोरञ्जन त दिन्छन् नै , सँगसँगै मारुनीहरूलाई नाच्न प्रेरित पनि गर्छन्। नेवा खल कास्कीको आह्वान तथा महेन्द्र पुल तायमचा समितिले आयोजना गरिएको गाईजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिताको क्रममा थुप्रै भेषभुषामा सजिएका जोकरहरूले रमाइलो गरेका थिए। आफ्नो युवा अवस्थामा जोकर बनेर मनोरञ्जन दिएका पोखरा -१३ का  ८० वर्षीय पशुपति आचार्य भन्छन् ‘पहिला पहिला घरमा भएका थोत्रा कपडाहरू प्रयोग गरिन्थ्यो। बोरा प्रयोग गरिन्थ्यो ।    समसामयिक विषयमा व्यङ्ग्य गरिन्थ्यो l मानिसले त्यो बेला रमाइलो हिसाबले हेर्थे। अहिले मानिसले केवल मेकअपले मात्र हँसाउन खोज्छन्’। पोखरा-१३ गौंडाकोमुख स्थित श्री बाल गोपाल सेवा समितिका सदस्य कल्याण ढेवाजु भन्छन् ‘पहिला मानिसहरू रिसाउने गर्थेंनन् तर आज भोलि व्यङ्ग्य गर्दा अलि रिसाउन थालेका छन् ’   उनले थपे ‘सजाउने सामाग्रीहरूको कारणले जोकर बनाउन सहज भने भएको छ’। जेसुकै भए पनि गाईजात्रामा जोकरहरूको विशिष्ट महत्त्व छ । पोखराका केही जोकरहरूलाई फोटोमा हे

पोखरामा यसरी मनाइयो गाईजात्रा :: Pahilopost.com

पोखरामा यसरी मनाइयो गाईजात्रा :: Pahilopost.com : राजु आचार्य- पोखरा: वर्ष दिन भित्र दिवङ्गत  आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि यो पर्व मनाउने गरिन्छ। गाईजात्रा पर्व नेवारहरूको मौलिक पर्व भएपनि पोखरामा सबै जातिहरूको उलेख्य सहभागिता रह्यो l पोखरामा पनि गाईजात्रा पर्वमा गाई, तायमाचा तथा रामायण निकालेर यो पर्व मनाइएको  छl पोखरा-१३ गौंडाकोमुख  स्थित श्री बाल गोपाल

वन्यजन्तुको अवस्था संसारभर नाजुक !

Image
वन्यजन्तुको अवस्था संसारभर नाजुक ! राजु आचार्य  अन्तर्राष्ट्रिय संरक्षण सङ्घ द्वारा भर्खर तयार गरिएको रातोसूचीले सबै वन्यजन्तुको अवस्था नाजुक देखाएको छ   । यस अवधिमा करिब १ लाख भन्दा बढी वन्यजन्तु र वनस्पतिको अवस्था मूल्याङ्कन गरिएको थियो   ।   कुनै पनि प्रजातिको अवस्थामा सुधार नभएको सङ्घले जनाएको छ   ।   मूल्याङ्कन गरिएको मध्ये २८००० प्रजातिहरू लोप हुने अवस्थाको नजिक पुगेका छन् ।   मानिसद्वारा श्रोतको अत्यधिक दोहनलाई मुख्य रूपमा जिम्मेवार ठानिएको छ   ।  सो प्रतिवेदनका अनुसार गएको दशकमा    ८७३ प्रजाति हामीले गुमाई सकेको उल्लेख छ ।  त्यसै गरी ७३ प्रजातिहरू चिडियाखानामा मात्र सीमित रहेको उल्लेख छ  ।   अन्तर्राष्ट्रिय संरक्षण सङ्घ ,   जुलोजिकल सोसाइटी अफ लन्डन लगायतका संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् । फोटो : राजु आचार्य  थप जानकारीको लागि