Posts

Showing posts from July, 2019

वन्यजन्तुको अवस्था संसारभर नाजुक !

Image
वन्यजन्तुको अवस्था संसारभर नाजुक ! राजु आचार्य  अन्तर्राष्ट्रिय संरक्षण सङ्घ द्वारा भर्खर तयार गरिएको रातोसूचीले सबै वन्यजन्तुको अवस्था नाजुक देखाएको छ   । यस अवधिमा करिब १ लाख भन्दा बढी वन्यजन्तु र वनस्पतिको अवस्था मूल्याङ्कन गरिएको थियो   ।   कुनै पनि प्रजातिको अवस्थामा सुधार नभएको सङ्घले जनाएको छ   ।   मूल्याङ्कन गरिएको मध्ये २८००० प्रजातिहरू लोप हुने अवस्थाको नजिक पुगेका छन् ।   मानिसद्वारा श्रोतको अत्यधिक दोहनलाई मुख्य रूपमा जिम्मेवार ठानिएको छ   ।  सो प्रतिवेदनका अनुसार गएको दशकमा    ८७३ प्रजाति हामीले गुमाई सकेको उल्लेख छ ।  त्यसै गरी ७३ प्रजातिहरू चिडियाखानामा मात्र सीमित रहेको उल्लेख छ  ।   अन्तर्राष्ट्रिय संरक्षण सङ्घ ,   जुलोजिकल सोसाइटी अफ लन्डन लगायतका संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् । फोटो : राजु आचार्य  थप जानकारीको लागि 

चरा प्रेमीहरूको कुम्भ मेला पोखरामा शुरु !

Image
चरा प्रेमीहरूको कुम्भ मेला पोखरामा शुरु ! देश भरका चरामा रुचि राख्ने अनुसन्धानकर्मी र संरक्षणकर्मीहरू पोखराको फेवाताल किनारमा  भेला भएका छन् l ‘ पोखरा  पंछी   समाज’ले आयोजना गरेको ‘नेपाल चरा उत्सव’का   अवसरमा यती ठुलो सङ्ख्यामा संरक्षणकर्मीहरू   भेला भएका हुन् l यही असार   १९ देखि २१  सम्म आयोजना हुने सो कार्यक्रममा पर्यटनमा आश्रित गाइडहरूका लागि तालिम , विद्यालय स्तरीय चित्रकला प्रतियोगिता , विभिन्न सङ्घ संस्थाको प्रदर्शनी , चरा अवलोकन , चरा विज्ञसँग छलफल , संरक्षण सम्बन्धी प्रवचन आदि कार्यक्रम भई रहेका छन् l सोही अवसरमा ‘नेपालका गिद्धहरू’ तथा ‘पोखराका चराहरू’ पुस्तक पनि विमोचन गर्ने कार्यक्रम रहेको छ l   ‘पोखरा पंछी समाज’का अध्यक्ष मनशान्त घिमिरेले भने ‘ पोखरामा ४ सय ६७ प्रजातिका चराहरू   रेकर्ड भएको छ ।   चराहरूको संरक्षण र   तिनमा आधारित पर्यटन   क्षेत्रको   विकासको लागि   यो उत्सव गरिएको हो’ l   उनले थपे ' यो कार्यक्रमले देशभर चरा जोगाउन सकारात्मक सन्देश प्रवाह गर्ने छ' l  (तस्वीर : हेमन्त ढकाल/ ‘ पोखरा पक्षी समाज’)