Posts

Showing posts from June, 2019

आहा ! क्या राम्रो सिक्लेस गाउँ !!

Image
-राजु आचार्य  स्थानीय आमा समुहको स्वागत नाँच  गुरुङ जातिको उदगमस्थल मानिने कोल स्वाथरबाट नजिकै रहेको यो गाउँ लमुजुङ हिमालको काखमा अवस्थित छ । समुन्द्र सतहबाट २००० मिटरको उचाइमा रहेको यो गाउँमा पर्यटन प्रबर्धनलाई  ध्यानमा राखेर बाहिरबाट आउने पाहुनाहरुको लागि होटल तथा घरबासको व्यवस्था गरिएको छ । यहाँ ४०० घरधुरी छन् । संस्कृति प्रति सचेत स्थानीय बालिका  यहाँको रिसीङ डाँडाबाट हिम पहिरो सजिलै देख्न सकिन्छ । ग्रामीण पर्यटनका लागि आतिथ्यमा नमुना मानिएको यो गाँउबाट एकै दिनमा नेपालको सबैभन्दा होचो ठाँउमा रहेको कफुचे हिमतालमा पनि पुग्न सकिन्छ ।  सिक्लेस गाउँ गुरुङ संस्कृतिमा धनि यो क्षेत्रको जंगलमा घोरल , भालु , रतुवा र कालिज लगायतका पशुपंछी पनि सजिलै देख्न पनि पाइन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा स्थानीय महिलाहरुले मात्र सञ्चालन गरेको सिक्लेस गाँउस्थित इको म्यूजिय पनि हेर्न लायक स्थानहरुमध्ये पर्दछ ।                                                                                              सिक्लेस गाउँ पोखराको काँहुखोल

घुम्नै पर्ने जालपा गाउँ !

Image
 घुम्नै पर्ने जालपा गाउँ !  राजु आचार्य खोटाङ जिल्लाको   यो गाउँ समुन्द्र सतहबाट करिब १५०० मिटरको उचाइमा रहेको छ । काठमाडौँबाट (कोटेश्वर) बस तथा सुमो (करिब ८ वटा सुमोहरु) बिहानै उपलब्ध छन् । काठमाडौँ देखि खुर्कोट , घुर्मि , जयराम , हलेसी हुँदै जालपासम्म जान सकिन्छ । काठमाडौबाट जालपा जम्मा २६७ कि.मी   छ । जालपा पुगे पछि वरिपरिका यी दृशहरुले तपाईँलाई मोहित बनाउने छ l   जालपा गाउँ वरिपरिको दृश्य फोटोमा हेरौँ !  जाने हैन त ?  जालपा बजारमा स्थापित नेपालकै पहिलो हुचील पार्क     हुर्लुंगबाट देखिएको हिमालहरु  सदरमुकाम दिक्तेल बजार   खेतीपातीमा ब्यस्त स्थानीयहरू   जालपा मावी बाट देखिने पहाडका लस्करहरु   जालपा बाट बाक्सिला जाने क्रममा देखिएको गाउँ   स्थानिय घरहरु   बाक्सिला बजारमा लागेको हाट बजार   माक्पा गाउँ    साकेला नाँच  अन्य जानकारी तथा भिडिओको लागि मेरो युटुब च्यानल सब्सक्राईब (subscribe) गर्न सक्नुहुन्छ l - राजु https://www.youtube.com/channel/UCEG1QPiU-jtogPZqBjDE1Sg?view_as=subscriber