Posts

Showing posts from August, 2019

पोखराका जोकरहरू !

Image
-राजु आचार्य नेवार समुदायको ताया:मचा नाचमा जोकरको छुट्टै महत्त्व हुन्छ।   यिनले दर्शकलाई मनोरञ्जन त दिन्छन् नै , सँगसँगै मारुनीहरूलाई नाच्न प्रेरित पनि गर्छन्। नेवा खल कास्कीको आह्वान तथा महेन्द्र पुल तायमचा समितिले आयोजना गरिएको गाईजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिताको क्रममा थुप्रै भेषभुषामा सजिएका जोकरहरूले रमाइलो गरेका थिए। आफ्नो युवा अवस्थामा जोकर बनेर मनोरञ्जन दिएका पोखरा -१३ का  ८० वर्षीय पशुपति आचार्य भन्छन् ‘पहिला पहिला घरमा भएका थोत्रा कपडाहरू प्रयोग गरिन्थ्यो। बोरा प्रयोग गरिन्थ्यो ।    समसामयिक विषयमा व्यङ्ग्य गरिन्थ्यो l मानिसले त्यो बेला रमाइलो हिसाबले हेर्थे। अहिले मानिसले केवल मेकअपले मात्र हँसाउन खोज्छन्’। पोखरा-१३ गौंडाकोमुख स्थित श्री बाल गोपाल सेवा समितिका सदस्य कल्याण ढेवाजु भन्छन् ‘पहिला मानिसहरू रिसाउने गर्थेंनन् तर आज भोलि व्यङ्ग्य गर्दा अलि रिसाउन थालेका छन् ’   उनले थपे ‘सजाउने सामाग्रीहरूको कारणले जोकर बनाउन सहज भने भएको छ’। जेसुकै भए पनि गाईजात्रामा जोकरहरूको विशिष्ट महत्त्व छ । पोखराका केही जोकरहरूलाई फोटोमा हे

पोखरामा यसरी मनाइयो गाईजात्रा :: Pahilopost.com

पोखरामा यसरी मनाइयो गाईजात्रा :: Pahilopost.com : राजु आचार्य- पोखरा: वर्ष दिन भित्र दिवङ्गत  आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि यो पर्व मनाउने गरिन्छ। गाईजात्रा पर्व नेवारहरूको मौलिक पर्व भएपनि पोखरामा सबै जातिहरूको उलेख्य सहभागिता रह्यो l पोखरामा पनि गाईजात्रा पर्वमा गाई, तायमाचा तथा रामायण निकालेर यो पर्व मनाइएको  छl पोखरा-१३ गौंडाकोमुख  स्थित श्री बाल गोपाल