Posts

Showing posts from March, 2019

'ध्वाँसे चितुवा' पढ्दै विधार्थीहरु

Image
'ध्वाँसे चितुवा' पढ्दै विधार्थीहरु  - राजु आचार्य  अनुसन्धानकर्मी यादव घिमिरे ध्वाँसे चितुवाबारे छलफल गर्दै (तस्वीर: राजु आचार्य ) लामो समय सम्म यो प्रजाति अनुसन्धानकर्मीको आँखामा परेन l नेपालमा सबै भन्दा पहिला सन् १८५३ मा काठमाडौँमा छालाको अभिलेख गरिएको छ l सन् १९९४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तस्कर हुन् लागेको अवस्थामा तीन वटा   ध्वाँसे चितुवाका बच्चाहरू बरामद गरिएको थियो l सन् २०१०   मा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग द्वारा विष्णु पाण्डेको नेतृत्वमा गरिएको अध्ययनले शिवपुरी क्षेत्रमा सबै भन्दा पहिला स्वचालित क्यामरामा   पारेको   थियो l यसपछिका दिनमा प्रकृतिका साथीहरूले गरेको क्यामेरा ट्रयापमा समेत पर्यो l उक्त प्रजातिको अध्यनमा एक दशक लागेका यादव घिमिरेले उक्त प्रजातिलाई प्राकृतिक वासस्थानमा देखेका छैनन् l यो लजालु प्रजाति बाँदर झैँ चढेन उफ्रने तथा झुन्डिने गर्न सक्छ l बाँदरको सङ्ख्या नियन्त्रणमा सहयोगी यो स्तनधारी बन विनाश , डढेलो , चोरी सिकारी , अवैध व्यापार आदि कारणले अफ्ठयारोमा पर्दै गएका छन् l घिमिरेको अवधारणा अनुसार मादी गाउ