Posts

Showing posts from March, 2022

हिमाल, हिउँ र गुराँससँग लुकामारी (फोटो फिचर)

Image
कास्की  : २ देखि ३  दिनमै  हिउँ खेल्दै , हिमाल हेर्दै , गुराँससङ सेल्फी खिच्न सकिने गन्तव्यको पहिचान गरी प्रवर्द्धनको लागि स्थानीयहरू कस्सिएका छन् । कास्की जिल्लाको मादी गाउँपालिकाको ताङतिङ गाउँबाट   सुरु भएर क्रपू , चोरो हुँदै   गाउँमा फर्कन मिल्ने सो गन्तव्य आन्तरिक पर्यटकको लागि उत्कृष्ट रहेको छ । कास्की जिल्लाको मादी गाउँपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष एकाजङ गुरुङले यो क्षेत्र बाह्रै महिना आन्तरिक तथा बाहिरी पर्यटकका लागि उत्कृष्ट रहेको बताए ।  उनले थपे ‘ यो ठाउँ यो क्षेत्रकै उत्कृष्ट भन्दा हुन्छ । छोटो समयमा सबै खालको अनुभव बटुल्न सकिन्छ’ ।     सो गन्तव्यको पहिचान र प्रवर्धनमा लागि रहेका  पर्यटन अभियन्ता प्रकाश गुरुङले भने   ‘कहिले हिउँ , कहिले हिमाल , कहिले लालीगुराँस , कहिले बुकिनी फुलहरूले यो क्षेत्रमा मानिसहरूलाई बोलाई रहन्छ । ‘ उनले थपे ‘ हामी यो क्षेत्र लाई पर्यटकीय गन्तव्य बनाउन् सकेको गरी रहेका छौँ’ ।     पोखराबाट १.५ देखि ३ घण्टामा बस , जिप , २ पाङ्ग्रे गाडीमा ताङतिङ गाउँमा पुग्न सकिन्छ ।   यो गाउँ पोखरादेखि २७ किमी टाढा र समुन्द्र सतहबाट १६८५ मिटरको उच