Posts

Showing posts from April, 2019

मन लोभ्याउने पर्वतको चित्रे गाउँ

Image
    राजु आचार्य - यतीखेर चित्रे गाउँमा पाहुनाहरुको सङ्ख्या बाक्लिएको छ l पोखराबाट नजिकै , सस्तो र छर्लङ्ग हिमाल देखिने ठाउँ l समुन्द्र सतहबाट १६०० मिटर माथी lपाहुनाहरु नआउने कुरै भएन l पर्वत जिल्लाको मोदी गाउँपालिका-८ मा अवस्थित यो गाउँलाई परिचयको खाँचो छैन l स्थानीय परिकार र प्रकृतिसँग रमाउन चाहनेहरूको लागि यो उत्कृष्ट गन्तव्य हो l हिमाल र बनसँग सेल्फी लिने सबै भन्दा राम्रो ठाउँ पनि हो l जैविक विविधताको अवलोकन तथा अध्ययनको लागि यो क्षेत्र अब्बल छ। सुनाखरी प्रशस्त छन्। चराहरुको लागि स्वर्ग मानिन्छ। पोखराको हरिचोकबाट दिनहुँ करिब २ बजे चित्रे गाउँको लागि बस छुट्छ l साढे दुई घण्टामा गाउँमा पुगिन्छ l पोखराबाट पर्वत जाँदा डिमुवा ( ४५ किलोमिटर ) भन्ने स्थानबाट पैदल (दुई घण्टा) वा जिपमा (१ घण्टा) पनि पुग्न सकिन्छ l मोटरसाइकलबाट जानेहरूका लागि झन् रमाइलो छ यो ठाउँ  l सादा खाना रु १५० , मासु खाना रु २५० र सुतेको प्रति व्यक्ति रु १०० मा पाउन सकिन्छ। सम्पर्कका  लागि   ९८५७६२८०६५ l गाउँ वरपरबाट देखिने यी दृश्यहरू हेरौँ l