चरा प्रेमीहरूको कुम्भ मेला पोखरामा शुरु !


चरा प्रेमीहरूको कुम्भ मेला पोखरामा शुरु !
देश भरका चरामा रुचि राख्ने अनुसन्धानकर्मी र संरक्षणकर्मीहरू पोखराको फेवाताल किनारमा  भेला भएका छन्l ‘पोखरा पंछी  समाज’ले आयोजना गरेको ‘नेपाल चरा उत्सव’का  अवसरमा यती ठुलो सङ्ख्यामा संरक्षणकर्मीहरू  भेला भएका हुन्l
यही असार  १९ देखि २१  सम्म आयोजना हुने सो कार्यक्रममा पर्यटनमा आश्रित गाइडहरूका लागि तालिम, विद्यालय स्तरीय चित्रकला प्रतियोगिता, विभिन्न सङ्घ संस्थाको प्रदर्शनी, चरा अवलोकन, चरा विज्ञसँग छलफल, संरक्षण सम्बन्धी प्रवचन आदि कार्यक्रम भई रहेका छन् l सोही अवसरमा ‘नेपालका गिद्धहरू’ तथा ‘पोखराका चराहरू’ पुस्तक पनि विमोचन गर्ने कार्यक्रम रहेको छ l 
‘पोखरा पंछी समाज’का अध्यक्ष मनशान्त घिमिरेले भने ‘ पोखरामा ४ सय ६७ प्रजातिका चराहरू  रेकर्ड भएको छ ।  चराहरूको संरक्षण र  तिनमा आधारित पर्यटन  क्षेत्रको  विकासको लागि  यो उत्सव गरिएको हो’ l  उनले थपे ' यो कार्यक्रमले देशभर चरा जोगाउन सकारात्मक सन्देश प्रवाह गर्ने छ' l 


(तस्वीर : हेमन्त ढकाल/पोखरा पक्षी समाज’)

Comments

Popular posts from this blog

आहा ! क्या राम्रो सिक्लेस गाउँ !!

घुम्नै पर्ने जालपा गाउँ !