आहा ! क्या राम्रो सिक्लेस गाउँ !!







स्थानीय आमा समुहको स्वागत नाँच 

गुरुङ जातिको उदगमस्थल मानिने कोल स्वाथरबाट नजिकै रहेको यो गाउँ लमुजुङ हिमालको काखमा अवस्थित छ । समुन्द्र सतहबाट २००० मिटरको उचाइमा रहेको यो गाउँमा पर्यटन प्रबर्धनलाई  ध्यानमा राखेर बाहिरबाट आउने पाहुनाहरुको लागि होटल तथा घरबासको व्यवस्था गरिएको छ । यहाँ ४०० घरधुरी छन् ।


संस्कृति प्रति सचेत स्थानीय बालिका 

यहाँको रिसीङ डाँडाबाट हिम पहिरो सजिलै देख्न सकिन्छ । ग्रामीण पर्यटनका लागि आतिथ्यमा नमुना मानिएको यो गाँउबाट एकै दिनमा नेपालको सबैभन्दा होचो ठाँउमा रहेको कफुचे हिमतालमा पनि पुग्न सकिन्छ । 

सिक्लेस गाउँ

गुरुङ संस्कृतिमा धनि यो क्षेत्रको जंगलमा घोरल, भालु, रतुवा र कालिज लगायतका पशुपंछी पनि सजिलै देख्न पनि पाइन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा स्थानीय महिलाहरुले मात्र सञ्चालन गरेको सिक्लेस गाँउस्थित इको म्यूजिय पनि हेर्न लायक स्थानहरुमध्ये पर्दछ ।


                                                                                             सिक्लेस गाउँ

पोखराको काँहुखोलाबाट करिब ४ घन्टामा पुग्न सकिन्छ l सार्वजनिक बस तथा जिपहरू सजिलै उपलब्ध छन् l अहिलेको गर्मिबाट  बच्नको लागि यो भन्दा राम्रो गन्तव्य कुन होला र ! 

जाने हैन त !

 भिडिओमा पनि सिक्लेस हेरौं 



मेरो युटुब च्यानल subscribe गर्न नबिर्सनु होला !



Comments

Popular posts from this blog

चरा प्रेमीहरूको कुम्भ मेला पोखरामा शुरु !

घुम्नै पर्ने जालपा गाउँ !