मन लोभ्याउने पर्वतको चित्रे गाउँ

   राजु आचार्य -


यतीखेर चित्रे गाउँमा पाहुनाहरुको सङ्ख्या बाक्लिएको छ l पोखराबाट नजिकै, सस्तो र छर्लङ्ग हिमाल देखिने ठाउँ l समुन्द्र सतहबाट १६०० मिटर माथी lपाहुनाहरु नआउने कुरै भएनl पर्वत जिल्लाको मोदी गाउँपालिका-८ मा अवस्थित यो गाउँलाई परिचयको खाँचो छैन l

स्थानीय परिकार र प्रकृतिसँग रमाउन चाहनेहरूको लागि यो उत्कृष्ट गन्तव्य हो l हिमाल र बनसँग सेल्फी लिने सबै भन्दा राम्रो ठाउँ पनि हो l जैविक विविधताको अवलोकन तथा अध्ययनको लागि यो क्षेत्र अब्बल छ। सुनाखरी प्रशस्त छन्। चराहरुको लागि स्वर्ग मानिन्छ।


पोखराको हरिचोकबाट दिनहुँ करिब २ बजे चित्रे गाउँको लागि बस छुट्छl साढे दुई घण्टामा गाउँमा पुगिन्छl पोखराबाट पर्वत जाँदा डिमुवा (४५ किलोमिटर) भन्ने स्थानबाट पैदल (दुई घण्टा) वा जिपमा (१ घण्टा) पनि पुग्न सकिन्छl मोटरसाइकलबाट जानेहरूका लागि झन् रमाइलो छ यो ठाउँ  l

सादा खाना रु १५०, मासु खाना रु २५० र सुतेको प्रति व्यक्ति रु १०० मा पाउन सकिन्छ। सम्पर्कका  लागि   ९८५७६२८०६५ l गाउँ वरपरबाट देखिने यी दृश्यहरू हेरौँ l












Comments

Popular posts from this blog

आहा ! क्या राम्रो सिक्लेस गाउँ !!

चरा प्रेमीहरूको कुम्भ मेला पोखरामा शुरु !

घुम्नै पर्ने जालपा गाउँ !