'ध्वाँसे चितुवा' पढ्दै विधार्थीहरु

'ध्वाँसे चितुवा' पढ्दै विधार्थीहरु 
- राजु आचार्य 


अनुसन्धानकर्मी यादव घिमिरे ध्वाँसे चितुवाबारे छलफल गर्दै (तस्वीर: राजु आचार्य )



लामो समय सम्म यो प्रजाति अनुसन्धानकर्मीको आँखामा परेन l नेपालमा सबै भन्दा पहिला सन् १८५३ मा काठमाडौँमा छालाको अभिलेख गरिएको छ l सन् १९९४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तस्कर हुन् लागेको अवस्थामा तीन वटा  ध्वाँसे चितुवाका बच्चाहरू बरामद गरिएको थियो l सन् २०१०  मा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग द्वारा विष्णु पाण्डेको नेतृत्वमा गरिएको अध्ययनले शिवपुरी क्षेत्रमा सबै भन्दा पहिला स्वचालित क्यामरामा  पारेको  थियो l यसपछिका दिनमा प्रकृतिका साथीहरूले गरेको क्यामेरा ट्रयापमा समेत पर्योl

उक्त प्रजातिको अध्यनमा एक दशक लागेका यादव घिमिरेले उक्त प्रजातिलाई प्राकृतिक वासस्थानमा देखेका छैनन् l यो लजालु प्रजाति बाँदर झैँ चढेन उफ्रने तथा झुन्डिने गर्न सक्छ l बाँदरको सङ्ख्या नियन्त्रणमा सहयोगी यो स्तनधारी बन विनाश, डढेलो, चोरी सिकारी, अवैध व्यापार आदि कारणले अफ्ठयारोमा पर्दै गएका छन्l घिमिरेको अवधारणा अनुसार मादी गाउँपालिकामा ध्वाँसे चितुवा दिवस मनाइयो l

नेपालमा पहिलो पटक कास्की जिल्लाको मादी गाउँपालिकामा ध्वाँसे चितुवा दिवस मनाइयोl बिधार्थी, शिक्षक र संरक्षणकर्मीले  एकदिनभर सो उत्सव मनाएका थिएl हिमालय मावि ताङतिङ तथा प्रकृतिका साथीहरूले चैत्र ५ मा सो कार्यक्रम संयुक्त रूपमा आयोजना गरेका थिएl

'नेपालका बिरालाहरू' तथा' नेपालमा ध्वाँसे चितुवाको अवस्था' सम्बन्धमा दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो l बिधालयस्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको थियोl सो अवसरमा  वृत्तचित्र समेत प्रदर्शन गरिएको थियोl विधार्थीहरुलाई ध्वाँसे चितुवाको सम्भावित वासस्थानमा लगेर जानकारी समेत गराइएको थियो l विधार्थीहरुले यो चितुवाको बारेमा अन्तरक्रिया गरेका थिए l

ध्वाँसे चितुवाको तस्वीर बनाउने प्रयाशमा स्थानीय विधार्थीहरु (तस्वीर: राजु आचार्य )

विद्यालयका शिक्षक दिलीप गुरुङले प्रतिक्रिया जनाए 'बाँदर जसरी रुखमा चढेन यो जीवको सुन्दरता बयान गरी साध्य रहेनछl कास्की जिल्लाको मादी गाउँपालिकामा मात्रै अभिलेख गरिएको यो स्तनधारी संरक्षणको लागि पहल गर्न हामी सधैँ तयार छौँ l'

घिमिरेले भने 'उत्सव पछि यिनका चुनौतीहरूमा कमी आउने विश्वास गरेका छौँ' l

विधालयका प्रधान अध्यापक प्रकाश गुरुङले यस्ता कार्यक्रमहरू पुनः गर्न आग्रह गरे l

नेपालमा पाइने १२  प्रजातिका बिरालो प्रजातिहरूमध्ये ध्वाँसे चितुवा लजालु स्वभावको हुन्छ l यिनको वास्तविक अवस्थाबारे अझै पनि  थोरै मात्रै ज्ञान रहेको छ l

ध्वाँसे चितुवाको वासस्थानमा बिधार्थीहरु (तस्वीर: राजु आचार्य )

ध्वाँसे चितुवाबारे जानकारी यो भिडिओमा छ 


Comments

Popular posts from this blog

खोटाङको जालपा गाउँको अघोषित नियमः जसले सिकाउन सक्छ राष्ट्रिय राजनीतिलाई नमूना पाठ :: Pahilopost.com

वन्यजन्तुको अवस्था संसारभर नाजुक !

पोखराका जोकरहरू !