हिमाल, हिउँ र गुराँससँग लुकामारी (फोटो फिचर)



कास्की
 : २ देखि ३  दिनमै  हिउँ खेल्दै, हिमाल हेर्दै , गुराँससङ सेल्फी खिच्न सकिने गन्तव्यको पहिचान गरी प्रवर्द्धनको लागि स्थानीयहरू कस्सिएका छन्। कास्की जिल्लाको मादी गाउँपालिकाको ताङतिङ गाउँबाट  सुरु भएर क्रपू, चोरो हुँदै  गाउँमा फर्कन मिल्ने सो गन्तव्य आन्तरिक पर्यटकको लागि उत्कृष्ट रहेको छ।

कास्की जिल्लाको मादी गाउँपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष एकाजङ गुरुङले यो क्षेत्र बाह्रै महिना आन्तरिक तथा बाहिरी पर्यटकका लागि उत्कृष्ट रहेको बताए।  उनले थपे ‘ यो ठाउँ यो क्षेत्रकै उत्कृष्ट भन्दा हुन्छ। छोटो समयमा सबै खालको अनुभव बटुल्न सकिन्छ’।    

सो गन्तव्यको पहिचान र प्रवर्धनमा लागि रहेका  पर्यटन अभियन्ता प्रकाश गुरुङले भने  ‘कहिले हिउँ, कहिले हिमाल, कहिले लालीगुराँस, कहिले बुकिनी फुलहरूले यो क्षेत्रमा मानिसहरूलाई बोलाई रहन्छ। ‘ उनले थपे ‘ हामी यो क्षेत्र लाई पर्यटकीय गन्तव्य बनाउन् सकेको गरी रहेका छौँ’।    

पोखराबाट १.५ देखि ३ घण्टामा बस, जिप, २ पाङ्ग्रे गाडीमा ताङतिङ गाउँमा पुग्न सकिन्छ।  यो गाउँ पोखरादेखि २७ किमी टाढा र समुन्द्र सतहबाट १६८५ मिटरको उचाइमा रहेको छ। गाउँमा होटेल र होमस्टेको व्यवस्था गरिएको छ। गाउँमा १ हजार देखि १ हजार २ सयमा प्रतिव्यक्ति प्याकेजको व्यवस्था गरिएको छ। सो रकमले बेलुकीको खाना, बिहानको खाजा, रातको सुताई र बिहानको खाना समेत उपलब्ध गराइन्छ।   बिहान ८ बजे र बेलुकी ४ बजे नियमित बसहरू पोखरा काहुँखोलादेखि ताङतिङ गाउँसम्म चल्छन्।

गाउँमा बसेर मह भीर , झरना, सेल्फी डाँडा, गुम्बा, गाउँ भ्रमण गर्न सकिन्छ। ताङतिङबाट पैदल (५ घण्टा) वा फोरव्हिल जिपमा  (१ घण्टामा) क्रपू पुग्न सकिन्छ।   ३ हजार मिटर  अग्लो यो डाँडामा हिउँदमा हिउँ, फाल्गुन चैत्रमा गुराँस, बर्खामा बुकिनी फुल र वर्षै भरि हिमालको लस्कर देख्न पाइन्छ।  कर्पूमा बेलुकीको खाना, बिहानको खाजा  र सुतेको करिब प्रतिव्यक्ति सत्र सयको प्याकेजको  व्यवस्था गरिएको हुन्छ। यो क्षेत्र पोखराबाट सबै भन्दा नजिकको हिउँ खेल्ने ठाउँ पनि हो। अहिले यो क्षेत्रमा आन्तरिक पर्यटकको चहल पहल निकै बढेको छ। आँखा मुनि देखिने हरिया वनहरूले मोहनी लगाउँछ।  सूर्यास्त र सूर्योदयको दृश्य झन् मनमोहक छ।  

क्रपूबाट पैदल करिब ३-४  घण्टामा चोरो  क्षेत्रमा  पुग्न सकिन्छ। समुन्द्र सतहदेखि ३३०० मिटरको उचाइमा रहेको यो ठाउँ गुराँसको राजधानी भन्दा पनि हुन्छ। क्रपू भन्दा पनि नजिकै हिमालहरू हेर्न सकिन्छ । वन्यजन्तु हेर्नको लागि यो स्थान उपयुक्त हुन्छ। धर्मशालाको व्यवस्था गरिएको छ।  खाना र सुत्ने व्यवस्था आफैले गर्नुपर्ने हुन्छ। १ रातको लागि केही चाउचाउ र बिस्कुटले पनि छाक टार्न  सकिन्छ।  चोरोबाट  ४  घण्टामा गाउँ पुग्न सकिन्छl सोही दिन पोखरा पुग्न पनि सकिन्छ।   

गाउँ पालिकाले सो क्षेत्रमा धर्मशाला निर्माण , पानीको व्यवस्था,  बाटो सुधार तथा प्रचार प्रसार आदि काम  गरिरहेको छ। 

 अहिलेलाई  सो क्षेत्रको फोटोहरु  हेरौं ....







Comments

Popular posts from this blog

खोटाङको जालपा गाउँको अघोषित नियमः जसले सिकाउन सक्छ राष्ट्रिय राजनीतिलाई नमूना पाठ :: Pahilopost.com

वन्यजन्तुको अवस्था संसारभर नाजुक !