वन्यजन्तुको अवस्था संसारभर नाजुक !
वन्यजन्तुको अवस्था संसारभर नाजुक !
- राजु आचार्य
अन्तर्राष्ट्रिय
संरक्षण सङ्घ द्वारा भर्खर तयार गरिएको रातोसूचीले सबै वन्यजन्तुको अवस्था नाजुक
देखाएको छ ।यस अवधिमा करिब १ लाख भन्दा बढी वन्यजन्तु र
वनस्पतिको अवस्था मूल्याङ्कन गरिएको थियो । कुनै पनि
प्रजातिको अवस्थामा सुधार नभएको सङ्घले जनाएको छ । मूल्याङ्कन
गरिएको मध्ये २८००० प्रजातिहरू लोप हुने अवस्थाको नजिक पुगेका छन्।
मानिसद्वारा
श्रोतको अत्यधिक दोहनलाई मुख्य रूपमा जिम्मेवार ठानिएको छ । सो प्रतिवेदनका अनुसार गएको दशकमा ८७३
प्रजाति हामीले गुमाई सकेको उल्लेख छ। त्यसै गरी ७३ प्रजातिहरू चिडियाखानामा मात्र
सीमित रहेको उल्लेख छ । अन्तर्राष्ट्रिय संरक्षण सङ्घ, जुलोजिकल सोसाइटी अफ लन्डन लगायतका संस्थाहरूले
चिन्ता व्यक्त गरेका छन्।
फोटो : राजु आचार्य
फोटो : राजु आचार्य
Comments