संजु बाबा उर्फ सन्जय दत्तका अनौठा बानीहरु !

संजु बाबा उर्फ सन्जय दत्तका अनौठा बानीहरु !


-    राजु आचार्य -

६  वर्षीय सञ्जय  दत्तले जति भूमिका चलचित्रमा निभायका छन् त्यो भन्दा बढी उनको वास्तविक जीवनमा घटेको छ । उनी बलिवूडमा सबै भन्दा बिबादस्पद कलाकार समेत मानिन्छन् । उनका जीवनका उथलपुथल सामान्य मानिसलाई सहन पनि हम्मे हम्मे पर्छ । सन् १९८१ बाट रोकी चलचित्रबाट बलिबुड  छिरेका  दत्तले नाम, सडक, साजन, खलनायक, मुन्नाभाई एम बिबियस, लगे रहो मुन्नाभाई, अग्निपथ, वास्तव लगायत १०० भन्दा बढी चलचित्रमा अमिट छाप छोडेका छन् । भर्खर जेलबाट निस्किएका दत्त अहिले चर्चाको शिखरमा छन् । सुनिल दत्त र नर्गीसका यी छोराका केही नौला जानकारीहरू जुन तपाइलाई थाहा नहुन सक्छ ।

१.      सन् १९८१ मा आमा नर्गीसको मृत्यु आसपास उनी लागू औषधी प्रयोग गर्न थालेका थिए । आमाको मृत्युले गर्दा लागू औषधी लिन थालेको वा लागू औषधी प्रयोगको कारणले उनकी आमाको मृत्यु भएको भन्ने बारेमा परस्पर विरोधी बिचारहरू आएका छन्  । सो अवधिमा ५ महिना जेल बसेका थिए ।
२.      सन् १९७२ मा बालकलाकारको रूपमा ‘रेसमा और शेरा’  मा पहिलो पटक देखा परेका थिए ।
३.      पहिलो श्रीमती ऋचा शर्माको क्यान्सरबाट मृत्यु (१९९६)भएको थियो, दोस्रो श्रीमती सँग पारपाचुके भएपछि मनयातालाई तेस्रो श्रीमतीको रूपमा सन् २००६ भित्र्याका थिए ।
४.      उनले चलचित्रमा गरेको भूमिका र योगदानका लागि डेढ दर्जन जति पुरस्कार पाएका छन् l
५.      टिना मुनिम र माधुरी दीक्षितसँगको लामो प्रेम झन्डै विवाहमा परिणत भएको थियो ।
६.      आफ्नै बुवा र बैनीसङ काँग्रेसमा लागेका उनले पछि अमर सिङको समाजवादी पार्टीमा लागेका थिए ।
७.      उनका सबै भन्दा मिल्ने साथी सलमान खान हुन् जसले छिटै पानवेल फार्महाउसमा  पार्टीको आयोजना गर्दै छन् , त्यसै गरी सिल्फा सेठी पनि मिल्ने साथीहरूमा पर्दछिन् । अनुपम खेर, ऋषि कपुर, जुही चावला, महेश भट्ट लगायत थुप्रैले उनको रिहाइ पछि खुसी भएर ट्विट गरेका छन् ।
८.      सलमान खानले आफ्ना ४ जना सुरक्षा गार्ड उनको सुरक्षाकोलागि  मुम्बई एयरपोर्टमा पठाएका थिए ।
९.      उनी अमिताभ बच्चन, राजेश खन्ना र आफ्नै आमा नर्गीसका फ्यान हुन् ।
१०.  उनलाई  चिकेन तन्दोरी र बिरयानी  मन पर्छ त्यसैले मुम्बैको मोहमद्दी  होटेलले ‘चिकेन सन्जु बाबा’ नामक परिकार येहि फेब्रुअरी २५ मा दिउसो १२ देखि राती १२ सम्म निःशुल्क बाँडेको थियो  । यो परिकार होटेलको चर्चित परिकार समेत मानिन्छ ।
११.  उनी सङ्गीतका सौखिन हुन्, खाना पकाउन पनि सिपालु छन्  र फोटोग्राफीमा अब्बल मनिन्छन ।
१२.  उनलाई  फुर्सद पाउने बित्तिकै नेसनल जेओग्रफी र हिस्टोरी चेनल हेर्न मन पर्छ ।

Comments

Popular posts from this blog

आहा ! क्या राम्रो सिक्लेस गाउँ !!

चरा प्रेमीहरूको कुम्भ मेला पोखरामा शुरु !

घुम्नै पर्ने जालपा गाउँ !