आहा ! क्या राम्रो सिक्लेस गाउँ !!
-राजु आचार्य स्थानीय आमा समुहको स्वागत नाँच गुरुङ जातिको उदगमस्थल मानिने कोल स्वाथरबाट नजिकै रहेको यो गाउँ लमुजुङ हिमालको काखमा अवस्थित छ । समुन्द्र सतहबाट २००० मिटरको उचाइमा रहेको यो गाउँमा पर्यटन प्रबर्धनलाई ध्यानमा राखेर बाहिरबाट आउने पाहुनाहरुको लागि होटल तथा घरबासको व्यवस्था गरिएको छ । यहाँ ४०० घरधुरी छन् । संस्कृति प्रति सचेत स्थानीय बालिका यहाँको रिसीङ डाँडाबाट हिम पहिरो सजिलै देख्न सकिन्छ । ग्रामीण पर्यटनका लागि आतिथ्यमा नमुना मानिएको यो गाँउबाट एकै दिनमा नेपालको सबैभन्दा होचो ठाँउमा रहेको कफुचे हिमतालमा पनि पुग्न सकिन्छ । सिक्लेस गाउँ गुरुङ संस्कृतिमा धनि यो क्षेत्रको जंगलमा घोरल , भालु , रतुवा र कालिज लगायतका पशुपंछी पनि सजिलै देख्न पनि पाइन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा स्थानीय महिलाहरुले मात्र सञ्चालन गरेको सिक्लेस गाँउस्थित इको म्यूजिय पनि हेर्न लायक स्थानहरुमध्ये पर्दछ । ...